August 20, 2026, Thursday
२०८३ भाद्र ४
Nepal 1:37:26 pm
सत्य र तथ्यको खोजी यात्रा
Trending
thaha_sanchar

मंगलबार नेप्सेमा ७६ अंकको वृद्धि,कारोबार रकम ३ अर्ब माथि

२०७९ माघ २४

382

काठमाडौंः मंगलबार नेप्से परिसूचक ७६.६४ अंकले बढेको छ । यस दिन नेप्से ३.६५ प्रतिशतले बढेर २१७७.३४ बिन्दुमा बन्द भएको हो । मंगलबार नेप्से परिसूचक बढेसँगै कारोबार रकम पनि अघिल्लो दिनको तुलनामा बढेको छ । सोमबार १ अर्ब ४७ करोड ४१ लाख ६१ हजार ६६५ रुपैयाँ बराबरको सेयर कारोबार भएकोमा आज त्यो रकम बढेर ३ अर्ब ३६ करोड २२ लाख ६७ हजार ७८ रुपैयाँ पुगेको छ।

मंगलबार २६० वटा धितोपत्रको ९३ लाख ३३ हजार ७८८ कित्ता सेयर किनबेच भएको हो । मंगलबार चार वटा कम्पनीको सेयर मूल्य १० प्रतिशतले बढेको छ । यस दिन बरुण हाइड्रोपावर, खानीखोला हाइड्रोपावर, राधी विद्युत कम्पनी र आदर्श लघुवित्तको सेयर मूल्य १० प्रतिशतले बढेको छ । यस दिन उक्त कम्पनीहरूको प्रतिकित्ता मूल्य क्रमशः २८३ रुपैयाँ ८० पैसा, २६७ रुपैयाँ ३० पैसा, २७८ रुपैयाँ ३० पैसा र दुई हजार ५६७ रुपैयाँ १० पैसा पुगेको छ।

यस दिन सर्वाधिक मूल्य घट्नेमा १२.५५ आइसिएफसी फाइनान्स डिवेञ्चर २०८३ रहेको छ। उक्त डिवेञ्चरको मूल्य ५.९० प्रतिशतले घटेर प्रति डिवेञ्चर मूल्य एक हजार १२ रुपैयाँ २० पैसामा झरेको छ । यस दिन एनआइसी एशिया बैंकको सर्वाधिक कारोबार भएको छ।