September 12, 2024, Thursday
२०८१ भाद्र २७
Nepal 1:37:26 pm
सत्य र तथ्यको खोजी यात्रा
थाहा संवाददाता

स्रोत नखुलेको १७ लाख भारतीय रुपैयाँसहित महोत्तरीबाट एक व्यक्ति पक्राउ

२०७९ फाल्गुन २

286

काठमाडौंः स्रोत नखुलेको १७ लाख भारतीय रुपैयाँसहित महोत्तरीबाट एक व्यक्ति पक्राउ परेका छन् । मटिहानी नगरपालिका ८ स्थित दशगजा क्षेत्र नजिकैबाट ज ६ प ६६६४ नम्बरको मोटरसाइकलको ट्यांकीमुनि लुकाएर राखेको अवस्थामा बरामद गरेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

पक्राउ पर्नेमा मटिहानी ८ का २९ वर्षका महेश यादव रहेको जिल्ला प्रहरी कार्यालय महोत्तरीका डिएसपी सन्तोष पोखरेलले जानकारी दिए । प्रहरी चौकी मटिहानी र जिल्ला प्रहरी कार्यालयको संयुक्त टोलीले यादवलाई पक्राउ गरेको हो । बरामद गरिएको रकम,मोटरसाइकल र चालकलाई नियन्त्रणमा लिई अनुसन्धान भइरहेको डिएसपी पोखरेलले बताएका छन् ।