August 20, 2026, Thursday
२०८३ भाद्र ४
Nepal 1:37:26 pm
सत्य र तथ्यको खोजी यात्रा
Trending
thaha_sanchar

विषादी परीक्षण नगरी तरकारी आयात गरेको भन्दै संयुक्त विद्यार्थी संगठनको प्रदर्शन

२०७९ फाल्गुन १८

640

काठमाडौंः भारतबाट आयात गरिने तरकारी र फलफूलहरुलाई अनिवार्य क्वारेन्टाईनमा राखेर विषादी परीक्षण गरेर मात्रै नेपाल भित्र्याउनुपर्ने भन्दै संयुक्त विद्यार्थी संगठनले विरोध प्रदर्शन गरेको छ ।

बिहीबार काठमाडौंमा विप्लब नेतृत्वको नेकपा निकट अखिल क्रान्तिकारी,वैज्ञानिक समाजवादी विद्यार्थी संगठन,नेपाल,नेकपा एमाले निकट अनेरास्ववियु र कपिल सिँजापती अध्यक्ष रहेको अखिल क्रान्तिकारीको संयुक्त आयोजनामा उक्त विरोध कार्यक्रम भएको हो ।

विरोध प्रदर्शन र नाराबाजीपछि कोणसभामा परिणत भएको कार्यक्रममा वैज्ञानिक समाजवादी विद्यार्थी संगठन,नेपालका संयोजक करण बुढा,अखिल क्रान्तिकारीका अध्यक्ष कपिल सिजापती,अखिल क्रान्तिकारीका उपाध्यक्ष नरेन्द्र सी र अनेरास्ववियुका उपाध्यक्ष धर्म गिरीले सम्बोधन गरेका थिए ।

सम्बोधनमा विद्यार्थी नेताहरुले भारतबाट भित्रिने तरकारी र फलफूलहरुको वैज्ञानिक तरिकाले अनिवार्य विषादी परीक्षण गर्नुपर्ने, नेपालमै तरकारी एवं फलफूलहरुको उत्पादन बढाउनुपर्ने र उत्पादित तरकारीको मुल्य नपाएर सडकमा खन्याएर आन्दोलन गर्नुपर्ने अवस्थाको अन्त्य गर्नुपर्ने माग गरेका छन् । त्यस्तै आफुहरुको मागलाई तत्काल सम्बोधन नगरेमा कडाभन्दा कडा आन्दोलन गर्ने चेतावनी समेत दिएका छन् ।

तरकारीको मापदण्डसहितको प्रस्ताव करिब ५ महिनाअघि मन्त्रिपरिषद्मा पुगेको थियो । तर, ‘भारतसँगको सम्बन्ध बिग्रने’ भन्दै फाइल कृषि मन्त्रालयमा नै फर्काएर भारतबाट आउने तरकारीमा विषादी परीक्षण गर्ने पछिल्लो प्रयासबाट पनि सरकार पछि हटेपछि अहिले सरकारको तीव्र आलोचना भईरहेको छ ।