काठमाडौंः ‘विवाह संस्था र महिला’ विषयक अन्तरक्रिया कार्यक्रम आज हुँदैछ । त्रैमासिक पत्रिका अपराजिता पारिजातको आयोजनामा उक्त कार्यक्रम हुने भएको हो ।
मंगलबार काठमाडौंको कमलादी स्थित नेपाल प्रज्ञा प्रतिष्ठानको भवनमा दिउँसो १ बजे सुरु हुने उक्त कार्यक्रममा लेखक तथा राजनीतिज्ञ आहुति, समाजशास्त्री डा. युवराज लुइटेल, प्राध्यापक तथा महिला अधिकारकर्मी नारायणी देवकोटा र लेखक कैलाश राई वक्ता रहेका छन् ।