August 20, 2026, Thursday
२०८३ भाद्र ४
Nepal 1:37:26 pm
सत्य र तथ्यको खोजी यात्रा
Trending
thaha_sanchar

जातीय विभेद गर्नेलाई जनकारबाही गर्छौः जात व्यवस्था उन्मुलन मोर्चा (विज्ञप्ति सहित)

२०७९ फाल्गुन २५

1.9K

काठमाडौंः सिराहाको भगवानपुर गाउँपालिकाका अध्यक्ष उग्रनारायण यादवले आफ्नी आमाको १३ औं दिनको तिथिमा दलित,गैरदलित र मुस्लिम समुदायलाई प्लेकार्ड नै टाँसेर छुट्टाछुट्टै भोज खुवाएको घटना बाहिरिएपछि तीव्र रुपमा सामाजिक सञ्जालमा आलोचना भइरहेको छ । मन्त्री,सांसद र केन्द्रीय तहका नेताहरुसमेत सहभागी भएको कार्यक्रममा यसखाले घटना घटेपनि त्यहाँ कसैले पनि यसबारेमा आवाज उठाएका थिएनन् ।

यसै सन्दर्भलाई लिएर वैज्ञानिक समाजवादी कम्युनिस्ट पार्टी,नेपालको जनवर्गीय संगठन जात व्यवस्था उन्मुलन मोर्चा,नेपालले एक प्रेस विज्ञप्ति जारी गर्दै जात र धर्ममा टेकेर उपेक्षा एवं अपमानित गर्ने छुट कसैलाई नभएकाले अध्यक्ष उग्रनारायण यादवलाई मौजुदा कानुन अनुसार कारबाही गर्नका लागि सरकारलाई दबाब दिन अपिल गरेका छन् ।  विज्ञप्तिमा पीडित पक्षले न्याय नपाएको खण्डमा आफुहरु नै जनकारबाहीमा उत्रनुको विकल्प नरहेको भन्दै चेतावनीसमेत दिएका छन् ।

२०६३ सालमै नेपाललाई छुवाछुत मुक्त राष्ट्र घोषणा गरिएको थियो । तर, अध्यक्ष उग्रनारायण यादवले भने भोजका निम्तालुहरुलाई ‘यादव समुदाय’, ‘गिरी समुदाय’, ‘बंगाली समुदाय’, ‘राजपुत समुदाय’, ‘सुडी समुदाय’, ‘पासवान समुदाय’,‘मुस्लिम समुदाय’, ‘राम समुदाय’, ‘विश्वकर्मा समुदाय’ लगातका विभिन्न समुदायनैपिच्छेका प्लेकार्डहरु राखेर फरकफरक ठाउँमा बस्ने र खाने व्यवस्था गरिएको थियो ।

पुरा विज्ञप्ति पढ्नुहोस्ः