September 12, 2024, Thursday
२०८१ भाद्र २७
Nepal 1:37:26 pm
सत्य र तथ्यको खोजी यात्रा
थाहा संवाददाता

सोमबार सुनचाँदीको मुल्यमा वृद्धि

२०७९ फाल्गुन २९

522

काठमाडौंः सुनचाँदी बजारमा आज छापावाल सुनको मूल्य अघिल्लो कारोबार दिनको तुलनामा प्रतितोला छ सयले बढेको छ । अघिल्लो दिन प्रतितोला एक लाख तीन हजार पाँच सयमा कारोबार भएको सुनको मूल्य आज एक लाख चार हजार एक सय तोकिएको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको विवरणअनुसार आज तेजाबी सुनको मूल्य प्रतितोला एक लाख तीन हजार छ सय छ । यसको मूल्य अघिल्लो दिनको मूल्य एक लाख तीन हजार थियो ।

त्यस्तै आज चाँदीको मूल्य अघिल्लो कारोबार मूल्यका तुलनामा प्रतितोला १० वृद्धि भई एक हजार दुई सय ५५ पुगेको महासङ्घले जनाएको छ । महासङ्घले अन्तर्राष्ट्रिय बजारमा हुने सुन तथा चाँदीको कारोबार मूल्यका आधारमा यहाँ दैनिक सुन तथा चाँदीका मूल्य तोक्दै आएको छ ।