August 20, 2026, Thursday
२०८३ भाद्र ४
Nepal 1:37:26 pm
सत्य र तथ्यको खोजी यात्रा
Trending
thaha_sanchar

प्रधानमन्त्री दाहाल,शेरबहादुर देउवा र एकीकृत समाजवादीका अध्यक्ष नेपालबीच भेटवार्ता

२०७९ चैत्र १३

610

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपालबीच भेटवार्ता भएको छ।

सोमबार बालुवाटारमा भएको भेटमा भोलि बेलुकी ४ बजे १० दलको बैठक बसेर मन्त्रिपरिषदलाई पूर्णता दिने सहमति भएको प्रधानमन्त्रीका स्वकीय सचिव रमेश मल्लले जानकारी दिए।

मन्त्रिमण्डल विस्तारबाहेक संसदमा पेस भएको सत्य निरुपण तथा मेलमिलाप आयोगसम्बन्धी विधेयक लगायतका विषयमा उनीहरूबीच छलफल भएको छ ।