काठमाडौंः कक्षा १२ को २१०० रुपैयाँ शुल्क बुझाउन नसकेका कारणले परीक्षा दिनबाट वञ्चित हुनुपर्ने भए पछि धादिङको ज्वालामुखी गाउँपालिका ७ चैनपुर स्थित सालबास माध्यमिक विद्यालयमा अध्ययनरत जीत बहादुर बयलकोटीले आत्महत्या गरेको घटनाप्रति वैज्ञानिक समाजवादी विद्यार्थी संगठन,नेपालले विरोध जनाएको छ । बुधबार एक विज्ञप्ति जारी गर्दै संगठनले दलाल पुँजीवादी व्यवस्थाले जन्माउने शैक्षिक प्रणालीका कारण जीत बहादुर बयलकोटीलाई आत्महत्या गर्न बाध्य पारिएको भन्दै विरोध जनाएको हो ।
नाफामुखी शिक्षण संस्थाहरूले हजारौं विद्यार्थीहरुलाई चरम मानसिक पिडा र यातना दिई रहेको मात्र नभइ नव प्रतिभाहरुको जीवनलाई समेत अहिलेको दलाल राज्यसत्ताले तहसनहस गरी गरी हत्या पनि गरिरहेको संगठनको ठहर रहेको छ । ‘दलाल पुँजीवादी व्यवस्थाले जन्माउने शैक्षिक प्रणालीका कारण जीत बहादुर बयलकोटीलाई आत्महत्या गर्न बाध्य पारिएको हो । नाफामुखी शिक्षण संस्थाहरूले हजारौं विद्यार्थीहरुलाई चरम मानसिक पिडा र यातना दिई रहेका छन् । साथै, नव प्रतिभाहरुको जीवनलाई अहिलेको दलाल राज्यसत्ताले तहसनहस मात्रै नगरी गरी हत्या पनि गरिरहेको छ । यही परिपाटिले निरन्तरता पाइरहेकोले यस्तै किसिमका घटनाहरू वृद्धि भइरहेको छ । हाम्रो संगठन यो घटना प्रति गम्भीर छ । यस घटनाको सम्पूर्ण जिम्मेवारी दलाल राज्यसत्ताले लिनुपर्ने हाम्रो ठहर छ’ । विज्ञप्तिमा उल्लेख गरिएको छ ।
त्यस्तै संगठनले यस घटनाको सम्पुर्ण जिम्मेवारी राज्यले लिनुपर्ने र विद्यालय प्रशासन पनि यस घटनाको दोषी भएकाले घटनाको सत्यतथ्य छानबिन गरि दोषीमाथी कडा कारबाही गर्न र जीत बहादुरको परिवारलाई उचित क्षतिपुर्तिका लागि सरकारसंग माग गरेका छन् । साथै, जीत बहादुर लाई स्मरण गर्दै सम्पूर्ण बिद्यार्थीहरुलाई आन्दोलित हुन र वैज्ञानिक समाजवादी शिक्षाका लागि संघर्षमा लामबद्ध हुन समेत आह्वान गरेका छन् ।
पूरा विज्ञप्तिः