पाटन क्याम्पसमा “थाहा चाहियो अभियान”
काठमाडौंः पाटन संयुक्त क्याम्पसमा “थाहा चाहियो अभियान” सुरुवात भएको छ । क्याम्पस र स्ववियुको हिसाब खोज्न, क्याम्पस र स्ववियुलाई विद्यार्थीमैत्री बनाउन र क्याम्पस प्रशासन र स्ववियुलाई जिम्मेवार बनाउन भन्दै वैज्ञानिक समाजवादी विद्यार्थी संगठन, नेपाल पाटन क्याम्पस समितिले उक्त अभियान सुरुवात गरेको हो । संगठनले क्याम्पसका प्रत्येक कक्षाहरुमा गई विद्यार्थीहरुलाई क्याम्पसमा भएको आर्थिक अनियमितता तथा प्रशासनिक...