एनसेल खरिद-बिक्री प्रकरणविरुद्ध वैज्ञानिक समाजवादी विद्यार्थी संगठनको प्रदर्शन
काठमाडौंः वैज्ञानिक समाजवादी विद्यार्थी संगठन, नेपालले एनसेलको शेयर खरिद तथा बिक्रीमा भएको अनियमितताविरुद्ध विरोध प्रदर्शन गरेको छ । बिहीबार काठमाडौंको शान्तिवाटिकामा संगठनले उक्त कार्यक्रमको आयोजना गरेको हो । प्रदर्शनकारी विद्यार्थीहरुले नाराबाजी गर्नुका साथै विभिन्न प्लेकार्डहरु पनि प्रदर्शन गरेका थिए । प्रदर्शन गरेका प्लेकार्डहरुमा ‘कर छल्नु अपराध हो’ , ‘जनता लुटेर कर छल्न पाइँदैन’ , ‘बहुराष्ट्रिय...