जात व्यवस्था उन्मू्लन मोर्चाको भक्तपुर जिल्ला भेला सम्पन्न
काठमाडौंः वैज्ञानिक समाजवादी कम्युनिस्ट पार्टी,नेपालको जनवर्गीय संगठन जात व्यवस्था उन्मूलन मोर्चा,नेपालको भक्तपुर जिल्ला भेला सम्पन्न भएको छ । शनिबार भक्तपुरमा जात व्यवस्था उन्मूलन मोर्चाका केन्द्रीय संयोजक राजकुमार हिङमाङ,केन्द्रीय सदस्यहरु शान्ति गजमेर र रुकु रनपालको उपस्थितिमा उक्त भेला सम्पन्न भएको हो । भेलाले ४ सदस्य पछि थप्ने गरी १५ सदस्यीय जिल्ला समितिको गठन गरेको छ ।...