तेमाल गाउँपालिका को नीति तथा कार्यक्रम सर्वसम्मतले पारित
अनिस तामाङ/ काभ्रे तेमाल गाउँपालिकाको अध्यक्ष चन्द्र लामाले २०८०-०८१ को नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ । लामाले सार्वजनिक गरेको नीति तथा कार्यक्रम सर्वसम्मत पारित भएको छ । आइतबार बसेको गाउँ सभाको १३ औं अधिवेशनमा प्रस्तुत भएको नीति तथा कार्यक्रममा १५ शैयाको अस्पताल निर्माणदेखि रैथाने बालीको बीउ संरक्षण सम्मको लोकप्रिय कार्यक्रमहरु प्रस्तुत गरेका छन् ।...