काठमाडौं: नेकपा एमालेका सचिव योगेश भट्टराई ताप्लेजुङबाट दोस्रोपटक प्रतिनिधि सभा सदस्यमा निर्वाचित भएका छन् ।
मंगलवारबाट सुरू भएको मतगणना सकिँदा गठबन्धनका उम्मेदवार खेलप्रसाद बुढाथोकीलाई २०९ मतले पछि पार्दै भट्टराईले विजयी हासिल गरेका हुन् । निर्वाचन आयोगले भने आधिकारिक रुपमा अन्तिम मतपरिणाम सार्वजनिक गर्ने तयारी गरेको छ ।




