October 8, 2026, Thursday
२०८३ आश्विन २२
Nepal 1:37:26 pm
सत्य र तथ्यको खोजी यात्रा
Trending
thaha_sanchar

धनुषामा जन्ती बोकेको गाडी दुर्घटना ग्रस्त

२०७९ मंसिर १७

450

काठमाडौंः धनुषामा जन्ती बोकेको गाडी दुर्घटना हुँदा ५ जनाको मृत्यु भएको छ। इटहरीबाट महोत्तरी पिपरा गाउँपालिकाको गमहरिया फर्कने क्रममा जन्ती बोकेको बा १ ज ८२९३ नम्बरको गाडी दुर्घटना हुँदा ५ जनाको मृत्यु भएको हो भने दुर्घटनामा ९ जना घाइते भएका छन् ।आज बिहान साढे ४ बजे पूर्वपश्चिम राजमार्गअन्तर्गत धनुषाको वीरेन्द्रबजारमा गाडी दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय धनुषाका प्रहरी नायब उपरीक्षक दीपक रायले जानकारी दिएका छन्।

मृत्यु हुनेमा तीन महिला, एक बालक र एक पुरुष रहेको प्रहरी नायब उपरीक्षक रायले बताए। दुर्घटनामा २९ वर्षीया रुबीकुमारी, १३ वर्षीया शृजना साह, १७ वर्षीया मञ्जुकुमारी साह, २५ वर्षीय अब्दुल मञ्जुरीको मृत्यु भएको हो। एक मृतकको नाम खुल्न बाँकी छ। पिकअप र चालक नियन्त्रणमा लिएर अनुसन्धान अघि बढाएको प्रहरी नायव उपरीक्षक रायले जानकारी दिएका छन् ।