काठमाडौं: नवलपरासी पूर्वको देवचुली नगरपालिका-४ झाँक्रेको एक मतदान केन्द्रमा मतपेटिका आगजनी भएको छ । स्थानीय शान्ति सिर्जना आधारभूत विद्यालय मतदान केन्द्रमा प्रदेशसभा तर्फको समानुपातिक पद्धतिको मतपेटिकामा आगजनी भएको हो ।
आगजनी गरेको आरोपमा प्रहरीले स्थानीय नारायण भण्डारीलाई पक्राउ गरेको छ । उनले मतपेटिकामा बडी लोसन दलेर खसाएको बयान दिएका छन् । आगजनी गरेपछि उनी भागेका थिए । उनलाई २ किलोमिटर टाढा पुगेर प्रहरीले पक्राउ गरेको थियो ।